बालकुमारी घट्नाको विरोधमा अनेरास्ववियुको प्रदर्शन

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

रोजगारीका लागि आवेदन माग गर्ने युवालाई सरकारले गोली हानेको भन्दै अनेरास्ववियु विरोधमा उत्रिएको हो । उनीहरूले ‘विद्यार्थीको ज्यान मार्न पाइँदैन’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले युवाहरूमाथि बर्बर दमन भएको र दुई युवाले ज्यान गुमाउन पुगेको बताए । उनले सरकारको गलत नीतिले युवाहरू विदेशिन बाध्य भएको र विदेश गएका युवाहरूकै कारण मुलुकको अर्थतन्त्र चलेको जिकिर गरे । उनले युवाहरूको हत्याको भर्त्सना गर्दै दोषीलाई कारबाही गर्न माग गरे ।

शुक्रबार दिउँसो ईपीएस परीक्षाको विषयलाई लिएर भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि घटनामा दुई जनाको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर ती दुई युवाको निधन भएको भनिएको छ । गृहमन्त्रालयले भने बालकुमारी घट्नाबारे छानबिन गर्नको लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार