क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा बहस सकियो, आजै आदेश आउने

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको बहस सकिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित गौशला २६ आफैं उपस्थित भएर आफ्ना धारणा राखेकी थिइन् । यो मुद्दामा आजै शुक्रबार आदेश आउनेछ।

यसअघि शुक्रबार नै सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ र अधिवक्ता सरोजकृष्ण घिमिरेले बहस गरेका थिए।

त्यसपछि जाहेरवालाको तर्फबाट सरकारी वकिल र निजीले जवाफी बहस गरे । ढकालको इजलासमा यो मुद्दाबारे गत आइतबारदेखि अन्तिम सुनुवाइ अगाडि बढेको हो। २०७९ भदौ ५ गते राति सन्दीपले आफूलाई सिनामंगलको एक होटलमा बलात्कार गरेको भन्दै ती किशोरीले जाहेरी दिएकी थिइन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार