सालार र डंकीको पहिलो हप्ता पूरा, कसले कमाए बढी ?

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानको फिल्म डंकी र दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म सालार रिलिज भएको एक साताभन्दा बढी भइसकेको छ ।

यी दुबै चलचित्रको कमाईको आँकडा पनि आइसकेको छ । यी तथ्यांक संकलन गर्ने वेबसाइट सेक्निल्कका अनुसार डङ्कीले भारतीय बजारमा पछिल्लो सात दिनमा १५२ करोड रुपैयाँ कमाएको छ । योसँगै विश्वभर कुल ३०५ करोड रुपैयाँ कमाइसकेको छ ।

सालारले सोही अवधिमा भारतीय बजारमा ३०८ रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । सालारको विश्वव्यापी आम्दानीको तथ्याङ्क सार्वजनिक गरिएको छैन।

तर, अन्य मिडिया रिपोर्टका अनुसार सालारले विश्वभर ५०० करोडभन्दा बढी कमाइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार