यी हुन् डेडिकेटेड लाइनको बक्यौता नतिर्ने ६१ उद्योग (नामसहित)

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका तर बक्यौता नतिरेका कुल ६१ वटा उद्योगको नाम सार्वजनिक गरेको छ ।

प्राधिकरणका अनुसार यहि मङ्सिर मसान्तसम्म ती ६१ वटा उद्योगबाट कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

प्राधिकरणका निर्देशक कुलमान घिसिङले आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै धेरै पटक आग्रह गर्दापनि छुट महसुल तिर्न नआएपछि प्राधिकरणले २०७६ चैत्र ५ गते विराटनगरबाट केही उद्योगहरूको विद्युत् लाइन विच्छेद गर्न सुरु गरिएको जनाएका छन् ।

उनका अनुसार २३९ उद्योगमध्ये १७८ उपभोक्ताले प्रिमियमसहित तिरेको र ६१ उद्योग बाँकी रहेको देखिएको हो । यसमध्ये करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको बक्यौता हालै लाइन विच्छेद गरिएका ९ वटा ठूला उद्योगहरुको रहेको घिसिङले बताए ।

बक्यौता रहेका अन्य उद्योगहरुको लाइन क्रमश: विच्छेद गर्दै जाने रणनीतिमा प्राधिकरण रहेको पनि उनको स्पष्टोक्ति छ ।

यी हुन् बक्यौता नतिर्ने ६१ उद्योग

बौक्याता बाँकी रहेका ६१ वटा उद्योगको लाइन काट्छौ : कुलमान घिसिङ

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार