डीएसपी केसीलाई जोगाउन बयान फेर्ने जिसीविरुद्ध अख्तियारको मुद्दा, १८ लाख बिगो दाबी

नेपाल प्रहरीरबाट बर्खास्तीमा परिसकेका इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख, डीएसपी ठगबहादुर केसीलाई जोगाउने गरी बयान फेर्ने खीलेन्द्र सिंह जिसीविरुद्ध मुद्दा दायर भएको छ ।

भ्रष्टाचार मुद्दा लागेका केसीलाई लागेको अभियोगबाट उन्मुक्ति दिने गरी बकपत्र फेरेको अभियोगमा अख्तियारले रुपन्देहीको बुटवल उपमहानरपालिका–४ लक्ष्मीपुर निवासी जिसीविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो ।

जिसी सुरुमा डीएसपी केसीको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी थिए । तर उनले बयान फेर्दै ठगबहादुरलाई जोगाउने गरी बकपत्र दिएका थिए ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार जिसीले अनुसन्धान अधिकृतसमक्ष गरेको कागज प्रतिकुल हुने गरी बकपत्र गरेको उजुरी परेपछि छानबिन थालिएको थियो ।

उक्त उजुरीअनुसार अनुसन्धान गर्दा अख्तियारले जिसीले डीएसपी केसीकै पक्षमा बयान दिएको पाइएको छ ।

अब जिसीलाई पनि डीएसपी केसी मुछिएको १८ लाख घूस प्रकरणमा प्रतिवादी बनाएर केस चलाइएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार