अध्यक्ष चन्द्रप्रसाद ढकाल  गृह जिल्लामा सम्मानित

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल सम्मानित भएका छन् । बुधबार सातौं बागलुङ महोत्सवको उद्घाटन कार्यक्रममा ढकाल राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्मानित भएका हुन् । राष्ट्रपति पौडेलले अध्यक्ष ढकाललाई सम्मानपत्र प्रदान गरे ।

बागलुङमा जन्मेर नीजि क्षेत्रको एक मात्र साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघको सफल नेतृत्व गरेको र विभिन्न क्षेत्रमा लगानी गरेर देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएकोमा अध्यक्ष ढकाललाई सम्मान गरिएको हो ।

नेपालका लागि इन्डोनेसियाका अवैतनिक दूतसमेत रहेका उद्यमी ढकालको विप्रेषण, बैंक तथा वित्त, पर्यटन, ऊर्जा, सूचना प्रविधि, हस्पिटालिटी उद्योग तथा वीमालगायत दर्जनौं क्षेत्रमा लगानी रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार