लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा

लिभरपुल इङ्गलिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बर्नलीलाई २–० गोलले हराउँदै लिभरपुल शीर्ष स्थानमा पुगेको हो । जितसँगै लिभरपुलले १९ खेलमा ४२ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको आर्सनलको १८ खेलमा ४० अङ्क छ ।

लिभरपुलसँग पराजित बर्नली १९ खेलमा ११ अङ्ककासाथ पुछारबाट दोस्रोमा छ । हिजै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एस्टनभिल्लालाई ३–२ गोलले हराएको छ । युनाइटेडसँग हारेको एस्टनभिल्ला १९ खेलमा ३९ अङ्ककासाथ तालिकाको तेस्रो स्थानमा छ ।

समान खेलमा ३१ अङ्क रहेको युनाइटेड छैटौँ स्थानमा छ । त्यस्तै, गएराति भएका अन्य खेलमा बर्नमाउथले फुलहमलाई ३–० गोलले, लुटन टाउनले सेफिल्ड युनाइटेडलाई ३–२ गोलले र नटिङ्घम फरेस्टले न्युक्यासललाई ३–१ गोलले हराएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार