घरको पर्खाल भत्किँदा दाङमा शिशुको मृत्यु, दुई घाइते

अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

दाङको घोराही उपमहानगरपालिका– १७ का ३० वर्षीया मनिसा चौधरीको तीन महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार चौधरी सहित उनका नौ वर्षीया छोरी बाटुली पनि घाइते भएकी छन् ।

घाइते दुवैको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । साथै मृतक शिशुको शवलाई परीक्षका लागि प्रतिष्ठानमा राखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार