मुहानका पाइप बगाएपछि डोटीमा एक हप्तादेखि खानेपानीको हाहाकार

लगातारको वर्षाका कारण खानेपानी मुहानका पाइप बगाउँदा डोटी जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा पिपल्लामा एक हप्ता यतादेखि खानेपानीको हाहाकार भएको छ ।

यहाँका बजारमा आपूर्ति हुँदै आएको खानेपानीको पाइप बाढी र पहिरोले विभिन्न स्थानमा बगाएपछि खानेपानीकोे समस्या उत्पन्न भएको छ । अविरल वर्षाका कारण आएको पहिराले सलेना खोला मुहानमा रहेको खानेपानीका पाइप बगाएका कारण खानेपानी आउन बन्द भएको राजपुर खानेपानी तथा उपभोक्ता समितिले जनाएको छ ।

बजारमा खानेपानी नभएका कारण यहाँका नागरिकलाई हातमुख धुन तथा शौचालय जानसमेत समस्या भएको डोटी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा दिपायल नरेन्द्रबहादुर खड्काले बताए । बाढी र पहिराका कारण बगाएको खानेपानीको पाइप मर्मतका लागि कर्मचारी खटिए पनि विभिन्न समस्याका कारण मर्मत गर्न समस्या भइरहेको राजपुर खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्र शाहको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार