डेनमार्कलाई हराउँदै इङल्यान्ड फाइनलमा

डेनमार्कलाई २–१ ले हराउँदै इंग्ल्यान्ड युरो–२०२० को फाइनलमा पुगेको छ । बुधबार राति लन्डनस्थित वेम्ब्ली रंगशालामा भएको सेमिफाइनलमा इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा हराएको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेलमा ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो ।

१९६६ को विश्वकपपछि इङल्यान्डले कुनै पनि ठूला प्रतियोगिताको फाइनलमा स्थान बनाएको यो पहिलो पटक हो । घरेलु मैदान बिम्बलीमा अतिरिक्त समयको पहिलो हाफमा प्राप्त पेनाल्टीमा गोल गर्दै कप्तान ह्यारी केनले इङल्यान्डलाई जित दिलाए ।

डेनमार्कले खेलको ३०औं मिनेटमा मिकेल ड्याम्स्गार्डको गोलमा अग्रता लिएको थियो । तर त्यसको ९ मिनेटमै इंग्लिस खेलाडी बुकायो साकाको क्रसलाई रोक्ने क्रममा डेनमार्कका सिमोन जायरले आत्मघाती गोल गर्न पुगेका थिए ।

१०४औं मिनेटमा इंग्ल्याण्डले पेनाल्टी पाएको थियो । केनको पेनाल्टी प्रहार डेनिस गोलकिपर क्यासपर स्माइकल्से बचाएका थिए तर रिबाउण्डमा केनले गोल गरे ।

पहिलो पटक फाइनल पुगेको इंग्ल्याण्डले उपाधिका लागि आइतबार इटलीसँग खेल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार