नेपालमा बुधबार थप २ हजार ९७९ जनामा कोरोना पुष्टि, २८ जनाको मृत्यु

नेपालमा बुधबार थप २ हजार ९ सय ७९ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ८ सय ९८ वटा नमुनाको परिक्षण गर्दा २ हजार ९ सय ७९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मनत्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९० हजार ९७४ पुगेको छ ।

त्यस्तै थप २८ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रवक्ता डा. पौडेलका अनुसार हालसम्म नेपालमा ९ हजार २ सय ९१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ३३३ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख १४ हजार ३ सय २७ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

संक्रमितमध्ये ५४३ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३९०, ललितपुरमा ८६ र भक्तपुरमा ६७ जना संक्रमित भेटिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार