आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बुधबार सुनको मूल्य पुनः घटेको छ । आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेर एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, तेजाबी सुनको मूल्य एक लाख १५ हजार ४५० रुपैयाँ कायम भएको छ । यसअघि मङ्गलबार सुनको मूल्य प्रतितोला एक लाख १६ हजार तीन सय, तेजाबी सुनको मूल्य एक लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यसोत महासंघका अनुसार मङ्सिर १८ गतेयता सुन प्रतितोला पाँच हजार ६ रुपैयाँ घटेको हो ।

मङ्सिर १८ गते छापावाल सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । त्यसयता निरन्तरजसो घटेको सुनको मूल्य बुधबार प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपाली बजारमा पनि असर परिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार