पाल्पामा टिप्पर दुर्घटना, चालकको मृत्यु

पाल्पामा आज बिहान टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–५ वीरकोटका २६ वर्षीय सुदीप गैरे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार चुनढुङ्गा बोकेर पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२ख ८२० नंको टिप्पर सिद्धार्थ राजमार्गको चरचरेमा दुर्घटना भएको थियो ।

सडकदेखि ३०० मिटर तल खोलामा टिप्पर खस्दा घाइते भएका चालक गैरेलाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार