ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव भेटियो

गोरखाको पालुङटार एक युवतीको शव भेटिएको छ । पालुङटार नगरपालिका ६ कुमालटारीस्थित गोरेटो बाटोमा बिहीबार करिब ३०-३२ वर्षकी जस्तो देखिने महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

गोरेटोको बाटो छेउमा ब्ल्यांकेटले बेरेको अवस्थामा भेटिएको सवको सनाखत हुन नसकेको भन्दै गोरखा प्रहरीले फेसबुकमार्फत् शवको तस्बिर सार्वजनिक गरेको छ।

घटनाका सम्बन्धमा थप हनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार