त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एक जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं आएका गोरखाका चन्द्र घले सुनसहित पक्राउ परेका हुन् । भन्सार विभागको टोलीले उनलाई पक्राउ गरेको हो ।

घलेले सुनको प्लेट बनाएर शरिरमा राखेर ल्याएका थिए। उनीबाट बरामद भएको सुन शुक्रबार जोखिने र त्यसको गुणस्तर परीक्षण गरिने छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार