यू-१९ एसिया कप भोलिबाट, नेपालले पहिलो खेलमा अफगानस्तानसँग

यूएईमा हुन लागेको एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगीताको उद्घाटन भोलि हुँदैछ । दुबईस्थित क्रिकेट मैदानमा हुने प्रतियोगीता भोलिबाट डिसेम्बर १५ सम्म चल्नेछ ।

यस संस्करणको यू-१९ एसिया कपमा एसियाका ८ टिमले सहभागीता जनाउँनेछन् । सहभागी ८ टिमलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपालसहित भारत, पाकिस्तान र अफगानस्तान रहँदा समूह बी मा भने आयोजक यूएईसहित जापान, बंगलादेश र श्रीलंका रहेका छन् ।

समूह ए मा रहेको नेपालले भोली आफ्नो खेलमा अफगानस्तानसँग खेल्ने भएको छ । एसियाली क्रिकेट काउन्सिलले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले भोलि अफ्गानस्तानसँग भिड्दा समूह ए मा नै रहेका भारत र पाकिस्तान पनि एकअर्काविरुद्ध भिड्नेछन् । नेपाल देव खनालको कप्तानीमा मैदान उत्रिँदा अफगानस्तान आसिर खानको कप्तानीमा तथा भारत उदय सह्रान र पाकिस्तान मिर्जा सादवैंगको कप्तानीमा मैदान उत्रिनेछन् ।

दुबै समूहमा रहने शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपाली टिममा सिनियर राष्ट्रिय टिमबाट खेलिसकेका कप्तान देव खनाल, गुल्सन झा र अर्जुन कुमालका साथै घातक बलर दीपेश कँडेलसमेत रहेका छन् ।

खनाल नेपाली यू-१९ टिमबाट हालसम्म तीन शतक प्रहार गर्ने एक्ला नेपाली खेलाडी हुन् भने कँडेलकै उत्कृष्ट बलिङका कारण नेपाली टिम यू-१९ विश्वकपमा छानिएको थियो । नेपाली टिमले आफूहरु सेमिफाइनलमा पुगेर उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदान उत्रिने बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार