स्वतन्त्रबाट चुनाव जितेका कुशवाहा बने माओवादीको मधेश संसदीय दलको सचेतक

माओवादी केन्द्रको मधेश प्रदेश संसदीय दलको सचेतकमा जवाहरलाल कुशवाहा चयन भएका छन् ।

प्रदेश संसदीय दलको बैठकले कुशवाहालाई सचेतक चयन गरेको माओवादी केन्द्र मधेश संसदीय दलका नेता भरत साहले जानकारी दिए । कुशवाहा गएको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ (क)बाट स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका थिए ।

लामो समय कांग्रेसको राजनीति गरेका कुशवाहा चुनावअघि माओवादी केन्द्रमा प्रवेश गरेका थिए । तर, चुनावमा माओवादी केन्द्रले टिकट नदिएपछि कुशवाहा स्वतन्त्रबाट उम्मेद्वार बनेका थिए ।

स्वतन्त्रबाट चुनाव जितेपछि उनी पुनः माओवादी केन्द्रमै प्रवेश गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार