मध्य प्रदेशमा निर्वाचित ९० विधायकविरुद्ध आपराधिक मुद्दा, ८९ प्रतिशत करोडपति

एजेन्सी । भारतकाे मध्य प्रदेशमा विधानसभा चुनावको नतिजा गत आइतबार आइसकेकाे छ । यी नतिजाहरूपछि एसोसिएशन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर)ले आफ्नो प्रतिवेदन जारी गरेको छ जसमा भनिएको छ, ‘राज्यमा २३० नवनिर्वाचित विधायक मध्ये ९० , अर्थात् लगभग ३९ प्रतिशत विधायकहरूविरुद्ध आपराधिक मुद्दाहरू विचाराधीन छन्।’ ३४ जनाविरुद्ध गम्भीर मुद्दा विचाराधीन छन् र दोषी प्रमाणित भएमा ५ वर्षको जेल सजाय हुनेछ ।

रिपोर्टका अनुसार कुल ९० जना विधायकले आफ्नो उम्मेदवारीमा आफ्नो विरुद्धमा रहेका आपराधिक मुद्दाहरूको जानकारी दिएका छन्। सन् २०१८ मा यो संख्या ९४ थियो। पाँच वर्षपछि अहिले यो संख्या ९० पुगेको छ । आपराधिक मुद्दा भएका यी ९० विधायकमध्ये ५१ भाजपाका, ३८ कांग्रेस पार्टी र एक जना भारतीय आदिवासी पार्टीका छन् ।

प्रतिवेदनमा अर्को रोचक तथ्याङ्क यो छ कि राज्यमा २०५ निर्वाचित विधायकहरू अर्थात् लगभग ८९ प्रतिशत करोडपति छन्। यी करोडपति विधायकहरूमध्ये १४४ भाजपाका र ६१ कांग्रेस पार्टीका छन्।

गत विधानसभा चुनावको तुलनामा राज्यमा करोडपति विधायकहरूको संख्या बढेको छ। २०१८ विधानसभा चुनावमा, १८७ विधायक करोडपति थिए। -बीबीसी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार