अशोक सिग्देललाई रथीमा बढुवा गर्ने सरकारकाे निर्णय

सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई बढुवा तथा नियुक्तिको निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सिग्देललाई रथीमा बढुवाको लागि नेपाली सेनाकाे बढुवा समितिले रक्षा मन्त्रालयमा सिफारिस गरेको थियो। जंगी अड्डाले सिग्देललाई भावी प्रधानसेनापतिको रोलक्रममा राख्ने गरी रथी पदमा बढुवाका लागि सिफारिससहितको फाइल रक्षा मन्त्रालयमा पठाएको थियाे।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार