न्युरोडमा तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, सुनसहित एकजना पक्राउ

न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा प्रहरीले छापा हानेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मारेर १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घर भएका ४१ वर्षीय पदम प्रसाद पाण्डे छन् ।

पाण्डेले न्यूरोडमा पर्ल गोल्ड प्रा. लि. नामक सुन पसल चलाउनुका साथै अवैध सुन गाल्ने कारखाना समेत सञ्चालन गरेको पाइएकोले पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

प्रहरीले सुन पनि बरामद गरेको छ । सुनको परिणामबारे भने प्रहरीले अहिले केही सार्वजनिक गरेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार