तोलामा आठ सयले घट्यो सुनको मूल्य

बुधबार नेपाली बजारमा सुनको मुलय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा तोकिएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलामा ४५ रुपैयाँले घटेको चाँदी आज २० रुपैयाँले घटेर १ हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार