व्यवसाय गर्न नेपालमा जस्तो अवसर अन्यत्र नरहेकाे अध्यक्ष ढकालकाे दाबी

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसाय गर्न नेपालमा जस्तो अवसर अन्य देशमा नभएको बताएका छन् । मंगलबार काठमाडौंमा अयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले लगानीकर्ताका लागि व्यवसाय गर्न नेपालजस्तो सम्भावनाको ठाउँ अन्यत्र नरहेको दाबी गरे । अध्यक्ष ढकालले कोभिड १९, रुस–युक्रेन युद्धका कारण व्यवसायलाई केही असहज भए पनि भविष्यका लागि नेपालमा लगानी गर्न महत्वपूर्ण अवसर हुने बताए ।

नीतिगत कारण र नियमनकारी निकायको समन्वय नहुँदा समस्या परेको पनि बताए । “कतिपय कुराहरू हाम्रो नीतिगत कारणबाट र कतिपय सन्दर्भमा नीतिगत नियमनकारी निकायको समन्वय नहुँदा अवश्य मर्का परेको छ,” उनले भने, “नियमनकारी निकायको समन्वय भयो भने सञ्चालन गरेको व्यवसाय राम्रो हुन्छ । नेपालमा साँच्चै राम्रो अवसर छ । निजी क्षेत्रको तर्फबाट प्रधानमन्त्री, अर्थमन्त्रीसँग बसेर हामीले बलियो आवाज उठाउँदै आएका छौँ ।”

अध्यक्ष ढकालले नेपालमा पर्यटन, कृषि, आईटी र जलविद्युतको क्षेत्रमा ठूलो अवसर रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार