काठमाडौँ महानगरभित्र सञ्चालित अनधिकृत औषधि पसललाई मंसिर २९ सम्मको अल्टिमेटम

काठमाडौँ महानगरभित्र अनधिकृत रूपमा औषधि पसल सञ्चालन भइरहेको पाइएको उल्लेख गर्दै मेयर बालेन्द्र शाहले कारबाही गर्ने चेतावनी दिएका छन् ।

अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री भइरहेको तथा चिकित्सकको प्रेस्किप्सन बिना औषधि बिक्री भइरहेको महानगरमा गुनासो आइरहेको उनले बताएका छन् ।

जनगुनासो आएपछि महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा माथि उल्लिखित गतिविधि भइरहेको प्रमाणित भएको मेयर शाहले बताएका छन् ।

त्यस्ता औषधि पसललाई यही मंसिर २९ गतेभित्र आफ्ना अवैधानिक कार्य कानुनबमोजिम सच्याउन मेयर शाहले निर्देशन दिएका छन् ।

‘काठमाडौँ महानगरपालिका भित्र सञ्चालनमा रहेका औषधी पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधी बिक्री वितरण भइरहेको, औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधीसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनबिना औषधी बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको छ’, मेयर शाहले सूचना जारी गर्दै भनेका छन्, ‘काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा समेत उल्लेख भएअनुसार भएको पाइएको छ, यसमा हामी गम्भीर छौँ। त्यसैले हामीले यही महिनाको २९ गतेभित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुनबमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराउन चाहन्छौँ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार