आज कुन–कुन प्रदेशमा वर्षा र हिमपातको सम्भावना छ ?

देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी र उच्च पहाडी भू–भागमा वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोसी, मधेस प्रदेशका साथै पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

विभागले दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, मधेस प्रदेशका एकदुई स्थानमा हल्का वर्षा र कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको ‘मिचाउङ’ नामक सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार