गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न अस्पताल पुगेका छन् ।

छातीमा असहज भएपछि मन्त्री श्रेष्ठलाई गएराति गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा भर्ना भएको छ ।

बुधबार बिहानै अस्पतालमा पुगेर प्रचण्डले श्रेष्ठलाई भेटेका हुन् । त्यसक्रममा प्रधानमन्त्रीले गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाको विषयमा चिकित्सकसँग जानकारी लिएका छन् ।

गत असोज ३० देखि कात्तिक १ गतेसम्म उनी चीन भ्रमणमा गएका बेला मुटुमा समस्या (एक्युट मायोकार्डियल इन्फ्राक्सन) भएको थियो । त्यहीँ उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

हाल उनको सघन उपचार कक्षमा उपचार भइरहेको र स्वास्थ्यावस्था सामान्य रहेको मन्त्री श्रेष्ठका प्रेस सल्लाहकार गिरीले जानकारी दिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार