काठमाडौँमा जुवातास खेलिरहेका १४ जना पक्राउ

काठमाडौँ । टोखा नगरपालिका-३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तार्केश्वर नगरपालिका–७ बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१२ घर भएका ५५ वर्षीय अच्युत सिलवाल समेत नौ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ६१ हजार पाँच सय ९५ र तीन बुक ताससहित पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका–३ महाराजगञ्जस्थित टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ चक्रपथ बस्ने काभ्रेपलाञ्चोक घर भएका ६० वर्षीय ओमकृष्ण श्रेष्ठ समेत पाँच जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ४८ हजार पाँच सय ६० र तीन बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार