सत्ता गठबन्धनको निष्कर्ष : एनसेल बिक्री शंकास्पद

सत्तारुढ गठबन्धनले एनसेलको शेयर खरिद बिक्री शंकास्पद भएको निष्कर्ष निकालेको छ, र गम्भीरतापूर्वक छानबिन गर्न सरकारलाई आग्रह गरेको छ । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल किनबेच प्रकरणमा गम्भीर छानबिन गर्नुपर्ने निष्कर्ष सत्ता गठबन्धनले निकालेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको सत्ता गठबन्धनको बैठकले एनसेलको सेयर ब्रिकीबारे गम्भीर अध्ययन र छानबिन आवश्यक रहेको निष्कर्ष निकालेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेता लगायत अर्थमन्त्री, सञ्चारमन्त्री र कानुनमन्त्री लगायतसँग प्रधानमन्त्रीले छलफल गरेका थिए।

उक्त बैठकमा सत्तारुढ गठबन्धनका नेताहरूले एनसेलको किनबेच नेपालको कानुनअनुकुल नरहेको, शंकास्पद कारोबार भएकोसहितका कुरा उठाएका थिए।

बैठकमा प्रधानमन्त्री प्रचण्डले पनि एनसेलको खरिदबिक्री पारदर्शी नभएको कुरा राखेका थिए। प्रधानमन्त्रीले एनसेल किनबेच हुँदा कानुनअनुसार नभएकोबारे आफ्नो धारणा प्रष्ट पारेको लेखकले बताएका छन्। उक्त बैठकमा प्रधानमन्त्रीले एनसेल किनबेच प्रकरणमा गहिराइमा पुगेर अनुसन्धान गर्न सरकार तयार रहेको भन्दै दलहरूलाई आश्वस्त बनाएका थिए।

मलेसियाको कम्पनी आजियटाले एनसेलको सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पमी स्पेक्ट्रलाइटलाई बिक्री गरेको छ । नेपाल सरकारको निकायलाई खबर नगरी खरिद बिक्री गरेको भन्दै उक्त कारोबारमाथि प्रश्न उठेका बेला प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको बैठक राखेर छलफल गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार