नेकपा एसको महाधिवेशन जेठ ३ देखि ७ सम्म गर्ने निर्णय

नेकपा एसको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकबाट आउँदो जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

महाधिवेशन काठमाडौंमा हुनेछ । यसअघि पार्टी केन्द्रीय कमिटीले माघ १४–१८ मा महाधिवेशनको मिति तय गरेको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार