एनएसएल : गोलरहित बराबरीमा रोकिए काठमाडौँ र झापा

साविक विजेता काठमाडौँ रेजर्स नेपाल सुपर लिग ९एनएसएल० मा झापा एफसीसँग गोलरहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबार भएको खेलमा काठमाडौँले झापासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीसँगै झापाले अंक तालिकामा २ अंक बनाएको छ । लिगमा एक खेलमा हार र दुई खेलमा बराबरी गरेको झापा दुई अंकमा तालिकाको आठौं स्थानमा यथावत छ ।

बराबरी गरेको काठमाडौले ३ खेलबाट चार अंक जोडेको छ । अन्तिममा आक्रमक खेल देखाएपनि काठमाडौले गोल निकाल्न भने सकेन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार