पोर्चुगल पठाइदिन्छु भनी साढे सात लाख ठगी गरेको आरोपमा महिला पक्राउ

वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

बारा जिल्लाको निजगढ नगरपालिका–४ घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका–८ बस्ने ४३ वर्षीया सुष्मा कुमारी खड्का रहेकी छन् ।

उनले राजु शाहीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु त्यसको लागि ११ लाख रुपैयाँ लाग्छ, पोर्चुगल पुगेपछि होटलमा वेटर काम लगाइदिन्छु, मासिक एक लाख २० हजार रुपैयाँ भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ७ लाख ५० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएकी प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनको खोजतलास गर्ने क्रममा सोमबार बानेश्वरबाट पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार