दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । लेकम गाउँपालिका–४ रातामाटास्थित दवलपाती भीरबाट लडेर एक महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार दिउँसो घाँस काट्ने गएकी ५५ वर्षीया तुलसी पाठकको भीरबाट लडेर मृत्यु भएको हो ।

रातामाटास्थित देवपाती भीरमा घाँस काट्ने क्रममा लडे पछि घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ती महिला करिब ६० मिटर तल खसेकी थिइन् । यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार