सुनको मूल्य तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ

सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि हिजो सुनको मूल्य प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँ थियो । हिजोको तुलनामा प्रतितोला ८ सय रुपैयाँ बढेर सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम राखेको हो ।

चाँदीको मूल्य भने आज पनि हिजो जस्तै तोलाको एक हजार ५ सय ४५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि बढेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार