धादिङमा २० वर्षीया श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

धादिङमा श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धुनीबेँसी नगरपालिका–१, डुम्रेचौरका २७ वर्षीय रामचन्द्र बयलकोटी छन् ।

आइतबार दिउँसो बयलकोटीले स्थानीय कच्ची सडकमा आफ्नी श्रीमती २० वर्षीया पवित्रामाथि धारिलो हतियार प्रहार गरेका थिए । घटनास्थलमै पवित्राको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनको शव आइतबारै राति पोस्टमार्टमका निम्ति काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो ।

हतियार प्रहारपछि बलयकोटी फरार थिए । उनलाई राति करिब पौने ११ बजे धुनीबेँसी–७, खानीखोलाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार