मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

गएराति साढे ११ बजे फुलवासा पुलमा प्रदेश १–०१–०१६ प ७६४९ र प्रदेश १–०३–००१ प २६५३  नम्वरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठक्कर  खाइ दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना घाइते भएका एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा झापा गाउँपालिका–३ का २० वर्षीय चालक मनिस बाँसकोटा रहेको झापा प्रहरीले जनाएको छ। अर्को मोटरसाइकल चालक झापा गाउँपालिका–३ का २० वर्षीय सौरब बाँसकोटाको  र पछाडी सवार सोही स्थानका २४ वर्षीय सुमन पौडेलको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको छ। 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार