इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा फुल्हम पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले रोमाञ्चक जित निकालेको छ । आइतबार राति भएको खेलमा फुल्हमलाई ४–३ गोलले हराउँदै लिभरपुल विजयी भएको हो ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा एलेक्सिस म्याक एलिस्टलर, वटारु एन्डो र अलेकज्याण्डर आर्नोलले एक–एक गोल गरेका थिए । एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । आत्मघाती गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो ।

फुल्हमका लागि ह्यारी विल्सन, केनरी टेटे र बोबी रेइडले एक–एक गोल फर्काएका थिए । यो जितसँगै लिभरपुल १४ खेलबाट ३१ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको फुलहम १५ अंकका साथ १४ औँ स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार