शिवम् सिमेन्ट्सद्वारा लक्ष्मी आधारभूत विद्यालयलाई स्कुल बस सहयोग

शिवम् सिमेन्ट्स लिमिटेडले मकवानपुरको हेटौंडा–१७ हटियामा रहेको लक्ष्मी आधारभूत विद्यालयलाई स्कुल बस सहयोग गरेको छ ।

उद्योग तथा खानी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहज होस् भन्ने उदेश्यले सो विद्यालयलाई बस सहयोग गरिएको उद्योगले जनाएको छ ।

यसै गरी उद्योगले चितवनको भरतपुर–१५ मंगलपुरमा रहेको विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल ब्याग वितरण गरेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत दुवै विद्यालयलाई सहयोग गरिएको उद्योगले जनाएको छ ।

विगतका वर्षहरुमा पनि उद्योगले उद्योग तथा खानी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामग्री वितरण गर्नुका साथै छात्रवृत्ति कोष स्थापना तथा न्यानो कपडाहरु समेत वितरण गर्दै आइरहेको उद्योगले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार