मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा मेरो दिमागमै आएको छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन गर्ने कुनै तयारी नरहेको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार साँझ पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीमण्डल पुनर्गठनको तयारी नगरेको बताएका हुन् ।

‘सरकार गठन भएको बेलादेखि नै मन्त्रिमण्डल पुनर्गठन हुन्छ, गृहमन्त्री हट्छ रे भन्ने हल्ला पनि भयो । अहिले कुनै त्यस्तो गठबन्धनभित्र छलफल भएको छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले केही सोचेको छैन । म आफैँ प्रधानमन्त्री छु, अहिले मेरो नै दिमागमा नै आएको छैन ।’

प्रचण्ड प्रधानमन्त्री बनेको १० पुसमा एक वर्ष पूरा हुँदै छ ।

सरकारले एक वर्ष पूरा गरेलगत्तै मन्त्रीहरूको टिम नै फेर्ने गृहकार्य भइरहेको स्रोतले बताएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार