मुख्यमन्त्री जम्कट्टेलले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन

बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच छलफलका लागि बोलाईएको सर्वदलीय बैठक निष्कर्षविहीन बनेको छ ।

आइतबार मुख्यमन्त्री शालीकराम जम्कट्टेलको आह्वानमा सभामुख भुवनकुमार पाठकसहितको उपस्थितिमा भएको छलफलमा कनैपनि सहमति हुन नसकेको हो ।

प्रदेश सभाको गठन भएको एक वर्ष भईसक्दा पनि प्रदेश सभामा रहने संसदीय समितिको नेतृत्व चयन हुन सकेको छैन । प्रदेश सभामा रहेको ५ वटा समितिमा दलहरुले सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास गरेपनि पदभन्दा धेरै आकांक्षी भएपछि समस्या सिर्जना भएको हो ।

त्यसो त, प्रदेशमा रहेका सात राजनीतिक दलहरुलाई नै भाग पु¥याउने उदेश्यले दुईवटा समिति थप्ने तयारीमा मुख्यमन्त्री जम्मट्टेल रहेको समेत चर्चा छ।

आजको छलफल मुख्यगरी संसदस्य समितिलाई पूर्णता दिने विषयमा केन्द्रीत रहेपनि कुनै निष्कर्ष निक्लिन भने सकेन । छलफलमा सभामुख पाठक, मुख्यमन्त्री जम्कट्टेलसहित कांग्रेसबाट बहादुरसिंह लामा, एमालेबाट जगन्नाथ थपलिया, समाजवादीबाट कृष्णप्रसाद खनाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

एमालेले भने मुख्यमन्त्रीले एनजिओ शैलीमा सरकार चलाएको, सरकारले आफ्ना कार्यकर्ता प्रोत्साहन गर्ने काम मात्र गरेर प्रतिपक्षलाई बेवास्ता गरेको । संविधानले दिएको अधिकारमा रहेर संसद्ले गरेका निर्णय विरुद्धका काम गरिरहेको आरोप लगाउँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार