आँचल र प्रशान्त अभिनीत ‘हिटम्यान’को टिजर सार्वजनिक

नेपाली फिल्मलाई विश्ववयापी रिलिज गर्ने उद्देश्यसहित बनाइएको इन्डो नेपाली फिल्म हिटम्यानको पोस्टर र टिजर सार्वजनिक गरिएको छ ।

नेपालका लोकप्रिय कलाकार एवं दक्षिण भारतीय- तेलगु फिल्मका प्राविधिकहरूको सहकार्यमा निर्मित यस फिल्ममा आँचल शर्मा, विष्णु अधिकारी, प्रशान्त ताम्राकार मुख्य भुमिकामा छन् ।

फिल्मलाई नेपालसहित भारत र प्रसिद्ध ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडिओमा समेत प्रदर्शन गर्ने बताइएको छ ।

पोस्टर रिलिज कार्यक्रममा अमेजन प्राइम भिडियोको तर्फबाट भेन्डर पार्टनर बनेर आएका प्रतिनिधि राजिभ थसभतापलीको समेत उपस्थिति थियो ।

फिल्म विभिन्न पाँच देशमा छायांकन गरिएको थियो । दीपक अधिकारी निर्माता रहेको फिल्ममा साउथका चर्चित सङ्गीतकार मन्त्र आनन्द, सम्पादक बि नागेश्वर रेडीले सहकार्य गरेका छन् ।

फिल्म आउँदो फेब्रुअरीमा एक साथ विश्वव्यापी रिलिज गरिने निर्माण टिमले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार