स्रोत नखुलेको आठ लाख रुपैयाँसहित ४२ वर्षीय फिरोज पक्राउ

स्राेत नखुलेकाे ८ लाख रुपैयाँसहित सिरहाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाकाे बरियापट्टी गाउँपालिका–२ श्रीपुर बस्ने ४२ वर्षीय महाेमद फिराेज रहेका छन् । 

भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरीले बरियापट्टी–३ चमार टाेल सीमा इलाकाबाट शनिवार पक्राउ गरेकाे हाे । गस्तीमा खटिएकाे सशस्त्र प्रहरीकाे टाेलीले उनकाे साथबाट १ हजार दरको ४ सय ९६ वटा, ५ सय दरको ६ सय ३ वटा र १ सय दरको २५ वटा नेपाली नोट फेला पारेको हो ।

पक्राउ परेका फिराेजलाई बरामद रुपैयाँ तथा साइकलसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय मार्डरमा बुझाइएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार