त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लागेपछि…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्यान्डब्यागमा आगो लागेको छ । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेका एक चिनियाँ यात्रुको ह्याण्डब्यागमा आगो लागेको थियो ।

उनी जान लागेको विमान एयर चाइनाको उडान हुनै लागेको थियो । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अघि प्रतीक्षालयमा बसिरहेकी उनको पावर बैंक शर्ट भएर ह्यान्डब्यागमा आगो लागेको विमानस्थलका प्रवक्ता सुभाष साहले बताए । यात्रुको ह्यान्डब्यागमा लागेको आगो तत्काल निभाइएको प्रवक्ता साहले बताए ।

ती यात्रुले पिठ्युँमा ह्यान्डब्याग बोकेकी थिइन् । ह्यान्डब्यागभित्र रहेको पावर बैंकमा जोडेर आइप्याड चलाइरहेको बेला शर्ट भएर आगो लागेको हो । उनी सुरक्षित रहेको विमानस्थलले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार