कोशीका मन्त्रीहरुले पाए जिम्मेवारी

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् ।

आइतबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माअ‍ेवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिएका हुन् ।

अरू मन्त्रीहरू नियुक्त गर्न बाँकी रहेकाले बाँकी मन्त्रालय मुख्यमन्त्री कार्की आफैंले राखेको प्रदेश प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

गत असोज २७ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । सुरूमा कांग्रेसका ८ र नेकपा ९एमाले० का ३९ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए ।

तर कार्कीलाई सत्ता गठबन्धनले नै विश्वासको मत दिएको थियो । एमालेले पनि विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो । एमालेले गत कात्तिक १८ गते सरकार छाडेको थियो ।

एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले कात्तिक १८ मा राजीनामा बुझाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार