सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो?

आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको हो ।

यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी रहेको महासंघले जनाएको छ । शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेको हो ।

यस्तै आइतबार तेजाबी सुनको मूल्य १ लाख २० हजार २ सय रुपैयाँ रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार