गाजामा पुनः बमबारी सुरु, १७८ प्यालेस्टिनी मारिएको दाबी

सात दिनको युद्धविरामपछि इजरायल र हमासबीच फेरि युद्ध सुरु भएको छ । इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन् ।

यसैबीच हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजामा पुनः बमबारी सुरु गरेपछि अहिलेसम्म १७८ प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ ।

इजरायलले पनि २०० ‘आतंकवादी लक्ष्य’मा आक्रमण गरिएको बताएको छ । युद्धविराम लम्ब्याउने वार्तासँग सम्बन्धित एक स्रोतले कतारमा इजरायल र हमासबीच युद्धविराम लम्ब्याउने सहमति हुन नसकेको बीबीसीले उल्लेख गरेको छ ।

तर, अमेरिकाले अझै दुईबीचको द्वन्द्व रोक्न प्रयास गरिरहेको बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार