सन् २०२२ मा ईयूको रक्षा खर्च इतिहासकै उच्च

युरोपेली संघ (ईयू)का सदस्य राष्ट्रहरूले सन् २०२२ मा रक्षा खर्चका निम्ति सामूहिक रूपमा २४० बिलियन युरो (२६२.४ बिलियन अमेरिकी डलर) विनियोजन गरेको तथ्यांकले देखाएको छ । बिहीबार जारी गरिएको युरोपेली रक्षा एजेन्सी (ईडीए) प्रतिवेदनमा यस्तो खुलासा गरिएको हो ।

यो रक्षा खर्चका निम्ति छुट्ट्याइएको इतिहासकै बढी रकम हो । ईडीए डिफेन्स डाटा २०२२ प्रतिवेदनानुसार यो संख्या एक वर्षअघिको तुलनामा ६ प्रतिशतले बढी हो । २७ ईयू सदस्य राष्ट्रमध्ये २० ले आफ्नो रक्षा खर्च बढाएका थिए ।

२००४ मा स्थापित ईडीएले युरोपेली रक्षा सहयोगका निम्ति केन्द्रीय हबका रूपमा कार्य गर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार