जगदम्बाले सञ्चालनमा ल्यायो जस्तापाता उद्योग, शंकरलाल अग्रवालले गरे उद्घाटन

जगदम्बा ग्रुपले नयाँ उद्योग सञ्चालनमा ल्याएको छ । ग्रुपले जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को कारखाना सञ्चालनमा ल्याएको हो ।

कारखानाको उद्घाटन संस्थापक अध्यक्ष शंकरलाल अग्रवाले गरेका छन् । अत्याधुनिक प्रविधियुक्त कारखाना बाराको सिमरामा रहेको छ । यस सिआरएम मिलको जटिल डिजाइन, जडान कार्य, कमिशनिङ कम्पनीका भाइस् प्रेसिडेण्ट प्रभात मिश्राद्वारा गरिएको हो । जो ग्याल्भालुम् तथा कलर कोटिङ उत्पादन प्रविधि विज्ञ हुन् ।

नेपाली बजारमा ग्याल्भल्युम रंगीन तथा सादा जस्ता पाता भित्र्याउने तीव्र तयारी गरिरहेको कम्पनीले केही समय यता जानकारी दिँदै आएको थियो । जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस जस्तापाताको उत्पादनमा नयाँ आयाम खडा गर्ने कुरामा कम्पनी विश्वस्त छ ।

विभिन्न रंगहरुको विकल्पमा उपलब्ध जस्तापातालाई सुपर शाइन र उही विशेषता तर सादा रंगमा उपलब्ध जस्तापातालाई ग्याल्भा प्लस नाम दिइएको हो ।

नेपालको पहिलो पूर्ण स्वचालित गाल्भल्युम लाईन प्रविधिबाट उत्पादन हुने जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस अन्य साधारण जस्ता पाताको तुलनामा अत्यधिक मजबुत र टिकाउ हुने जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार