सिटिजन्स बैंकका ग्राहकलाई इन्द्रेणी सुइटमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले इन्द्रेणी सुइट होटलमा विशेष छुट पाउने भएका छन् ।

नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट होटल र सिटिजन बैंकबीच ग्राहकहरुलाई विशेष छुट दिने साझेदारी भएको हो । साझेदारीअनुसार अब बैंकका ग्राहकले इन्द्रेणी सुइटमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।

त्यस्तै डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा रहेको छ ।

बैंकले देशैभर आफ्ना १८९ शाखा, १४९ एटीएम र ९७ वटा शाखारहित इकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार