रास्वपाको उपसभापति बने डा. स्वर्णिम वाग्ले, पाए तेस्रो वरीयता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. स्वर्णिम वाग्लेलाई उपसभापति मनोनीत गरेको छ । महोत्तरीको जलेश्वरमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले उनलाई उपसभापति बनाएको हो ।

पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ सङ्गठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुसार पार्टी सचिवालय गठन गरिएको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । उनलाई आजै पार्टीले केन्द्रीय सदस्य मनोनीत गरेको थियो ।

उनी सभापति रवि लामिछाने र उपसभापति डीपी अर्यालपछिको वरीयतामा रहने भएका छन् । आजै गठन गरिएको केन्द्रीय सचिवालयमा उनलाई तेस्रो वरीयतामा राखिएको छ ।

वाग्ले यसअघि नेपाली कांग्रेसमा आबद्ध थिए । गत संघीय निर्वाचनमा टिकट नपाएपछि विद्रोह गरेर उपनिर्वाचनमा रास्वपा प्रवेश गरेका हुन् । रास्वपाबाटै उनले गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्य जितेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार