इजरायली आक्रमणबाट गाजामा १५ हजार मारिए, ३६ हजारभन्दा धेरै घाइते

इजरायली आक्रमणबाट गाजामा ज्यान गुमाउनेको संख्या १५ हजार नाघेको छ । त्यसमध्ये ६ हजार १५० बालबालिका रहेको अल्जजिराले जनाएको छ ।

गएको अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसक्रममा १२ सय जना मारिएका थिए भने कम्तीमा पाँचहजार ६०० जना घाइते भएका थिए ।

जवाफी कारबाही गरेको इजरायली सेनाको आक्रमणबाट गाजामा ३६ हजार जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरूमध्ये ७० प्रतिशत बालबालिका र महिला रहेको अल्जजिराको दाबी छ । वेस्ट ब्याङ्कमा कम्तीमा २४२ जना मारिएका छन् । दुई हजार ७५० जना घाइते भएका छन् ।

इजरायल–हमासबीचको सहमतिपछि हाल युद्धविराम गरिएको छ । सुरुमा गएको शुक्रबारदेखि लागु हुनेगरी चारदिने युद्धविराम गरिएको थियो । तर, फेरि सहमति भएपछि थप दुई दिनका लागि युद्धविराम लम्ब्याइएको थियो, जुन आज सकिँदै छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार