विपीन जोशीको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

परराष्ट्रमन्त्री एनपी साउद विपीन जोशीको रिहाइको पहलका लागि कतार भ्रमणमा जाने भएका छन् । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपीन जोशीको रिहाइको पहलका लागि उनी मङ्सीर २३ गते कतार जान लागेको बताइएको छ ।

यसअघि मङ्सिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए ।

त्यसअघि उनले मङ्सिर ७ गते जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार